विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा सम्पन्न « Khabarhub

विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा सम्पन्न


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुर – विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन जनकपुरधाममा रामकलेवा विधि सम्पन्न भएको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवमा भगवान् श्रीराम तथा माता सीताका बीचमा शुभविवाह सम्पन्न भएको भोलिपल्ट भारतबाट आएका जन्तिसहितका व्यक्तिहरूलाई रामकलेवास्वरूप भोजन गराउने चलन रहेको छ ।

जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको रामकलेवामा भारत तथा नेपालका विभिन्न भागबाट आएका साधुसन्त, महन्थ, योगी तथा सन्यासीसहितका जन्तीहरूको सहभागिता थियो ।

रामकलेवामा ५६ प्रकारका व्यञ्जन तयार पारेर भगवान् श्रीरामसहित चारै दुलहा तथा जन्तीहरूलाई खुवाउने चलन रहेको छ । जनकपुरधाममा मङ्सिर ४ गते नगर दर्शनबाट सुरु भएको श्री सीताराम विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन रामकलेवासँगै सम्पन्न भएको हो ।

रामकलेवा विधि हेर्नका लागि ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू जानकी मन्दिर परिसरमा सहभागी भएका थिए । रामकलेवामा मिथिलानीहरूले विभिन्न प्रकारका गीत, सङ्गीत तथा नृत्य प्रदर्शन गरेका थिए । रामकलेवा विधिको समन्वय जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गरेका थिए ।

रामकलेवामा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि सहभागी भएर जन्तीलाई स्वागत सत्कार गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : ५२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।