विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा सम्पन्न « Khabarhub

विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा सम्पन्न


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुर – विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन जनकपुरधाममा रामकलेवा विधि सम्पन्न भएको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवमा भगवान् श्रीराम तथा माता सीताका बीचमा शुभविवाह सम्पन्न भएको भोलिपल्ट भारतबाट आएका जन्तिसहितका व्यक्तिहरूलाई रामकलेवास्वरूप भोजन गराउने चलन रहेको छ ।

जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको रामकलेवामा भारत तथा नेपालका विभिन्न भागबाट आएका साधुसन्त, महन्थ, योगी तथा सन्यासीसहितका जन्तीहरूको सहभागिता थियो ।

रामकलेवामा ५६ प्रकारका व्यञ्जन तयार पारेर भगवान् श्रीरामसहित चारै दुलहा तथा जन्तीहरूलाई खुवाउने चलन रहेको छ । जनकपुरधाममा मङ्सिर ४ गते नगर दर्शनबाट सुरु भएको श्री सीताराम विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन रामकलेवासँगै सम्पन्न भएको हो ।

रामकलेवा विधि हेर्नका लागि ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू जानकी मन्दिर परिसरमा सहभागी भएका थिए । रामकलेवामा मिथिलानीहरूले विभिन्न प्रकारका गीत, सङ्गीत तथा नृत्य प्रदर्शन गरेका थिए । रामकलेवा विधिको समन्वय जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गरेका थिए ।

रामकलेवामा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि सहभागी भएर जन्तीलाई स्वागत सत्कार गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : ५२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक