महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दैछ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजे बैठक पार्टी कार्यालयमा बस्ने भएको छ।

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरौँ भन्ने प्रस्ताव गरेका छन्।

“नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व चयन गर्ने मात्रै भन्दा सकारात्मक खालको के सन्देश दिने भन्ने हो, अहिले हामी महाधिवेशनमा केन्द्रित छौँ, जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव हुन असम्भव छ, यसका लागि सरकारले वातावरण बनाउनुपर्छ, चुनाव फागुनमा भन्दा वैशाखमा गर्नु उपयुक्त हुन्छ”, उनले भनेका छन्।

महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय हामी सबैले मान्नुपर्छ भन्दै महाधिवेशनको मिति केही दिन हेरफेर पनि हुनसक्ने बताएका छन्।

यता पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीका विषयलाई कसैले अतिरञ्जित तरिकाले सार्वजनिक गर्नुभन्दा पार्टीको बैठकमा राख्नु उचित हुने जनाएका छन्। “हामीले कसैलाई दोष दिने कुरा छैन, सभापतिले कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार दिनुभएको छ, महामन्त्रीलाई क्रियाशील सदस्यको व्यवस्थापन गर्ने अधिकार विधानले नै दिएको छ, अब सकेसम्म कति समय लाग्छ, त्यो टुङ्गो लगाएर अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ छैन, त्यसपछि अधिवेशन रोकिने छैन, सहज रुपमा हुन्छ”, उनले भनेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको छ।

बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा नेताले धारणा राख्नेक्रम जारी छ। उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ-आफ्नो धारणा राखिसकेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ३५ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको