हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान « Khabarhub

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले ढाकामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै आशाको बंगलादेश बनाउन सकिने बताएका छन्। उनले आगामी दिनमा जो कोही देशको नेतृत्वमा आए पनि, बीएनपीले त्यस नेतृत्वअन्तर्गत नयाँ बंगलादेश निर्माणका लागि मिलेर काम गर्ने स्पष्ट पारे।

तारिक रहमान करिब १६ वर्षपछि २६ डिसेम्बरमा ढाका फर्किएका हुन्। र्‍यालीमा उनले देश र जनताको विकासका लागि आफूसँग योजना रहेको दाबी गरे। उनले यो योजनाले जनताको भाग्य बदल्न सक्ने बताए पनि त्यसबारे विस्तृत जानकारी दिएनन्।

आफ्नो सम्बोधनको अन्त्यमा उनले हिंसा नगर्न आग्रह गर्दै देशमा शान्ति कायम राख्नु सबैको जिम्मेवारी भएको उल्लेख गरे।

बंगलादेशमा आगामी वर्ष फेब्रुअरीमा आम निर्वाचन हुँदैछ। निर्वाचनअघि तारिक़ रहमानको स्वदेश फिर्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस निर्वाचनमा अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको छ। यस्तो अवस्थामा बीएनपीले चुनाव जितेमा तारिक़ रहमान प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिएको छ।

बीएनपीको नेतृत्व हाल रहमानकै हातमा छ, किनकि उनकी आमा तथा पार्टी अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था सन्तोषजनक छैन। खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा सक्रिय छिन्। उनका पति जियाउर रहमान राष्ट्रपति रहेका बेला उनको हत्या भएको थियो, त्यसपछि खालिदा जियाले बीएनपीको नेतृत्व सम्हालेकी थिइन्।

खालिदा जिया बहुदलीय लोकतन्त्रकी समर्थक मानिन्छिन् र उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री हुन्। बीएनपीले उनको नेतृत्वमा विभिन्न समयमा सत्ता सम्हालेको थियो। यद्यपि पार्टीले पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो।

हाल बीएनपीलाई बंगलादेशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा हेरिँदै आएको छ र आगामी निर्वाचनमा सत्ता हात पार्ने सम्भावना बलियो रहेको बताइँदैछ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ५० बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन