कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ « Khabarhub

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्।

कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ता पनि रहेका तिवारीले शुक्रबार प्रेस नोट जारी गर्दै तोकिएको अवधिमा नियमित महाधिवेशन हुने कुनै संकेत नदेखिएको बताएका छन् ।

यसलाई लिएर उनले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले भदौ २३ र २४ को उथलपुथलपछि बसेको कांग्रेसको ४९ दिन लामो केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८, २०८२ का लागि महाधिवेशन तय गरे पनि पुस ११ सम्म आइपुग्दा त्यसो हुने कुनै गुञ्जायस नरहेको बताएका छन् ।

पार्टी प्रवक्ताले नै तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने संकेत दिएको उल्लेख गर्दै तिवारीले यसलाई पार्टीभित्र परिवर्तनको माग गरिरहेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिमाथिको अपमान भनेका छन् ।

तिवारीले पार्टीको अकर्मण्य प्रवृत्तिले विशेष महाधिवेशनको आवाज दबाउने प्रयास भएको आरोप लगाएका छन्।

‘नियमित अधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको मागलाई कमजोर बनाउन रचिएको छलछामभन्दा बढी केही रहेन,’ उनले भनेका छन् ।

‘रकेट गति’मा हुने भनिएको महाधिवेशन कार्यतालिकामा विश्वास गर्नु कार्यकर्ताहरूको ठूलो भूल भएको टिप्पणी उनले गरेका छन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका कार्यकर्ताहरू अब मौन बस्न नसक्ने बताउँदै तिवारीले केन्द्रीय कार्यालय घेर्न पनि आह्वान गरेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १ : ४८ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६