देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता « Khabarhub

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन तीन ठूला दलका नेतालाई भेटेका छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका खरेलले खुमलटार पुगेर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ को चुनावका लागि दलहरूलई फकाउन सक्रिय भएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेले देशमा शान्ति सुरक्षाको वातावरण नभएकाले चुनाव हुन नसक्ने बताइरहेका छन् ।

उता नेकपा भने चुनावका लागि तयार भएको छ । प्रचण्डले सार्वजनिक रुपमै फागुन २१ मै चुनाव हुनुपर्ने बताउँदै आफूहरू त्यसका लागि तयार भइसकेको बताउने गरेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनाव फागुनमै हुनुपर्ने बताइरहेको छ । कांग्रेस र एमालेले भने संसद् पुनर्स्थापनामा जोड दिइरहेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ०१ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६