काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन तीन ठूला दलका नेतालाई भेटेका छन् ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका खरेलले खुमलटार पुगेर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ को चुनावका लागि दलहरूलई फकाउन सक्रिय भएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेले देशमा शान्ति सुरक्षाको वातावरण नभएकाले चुनाव हुन नसक्ने बताइरहेका छन् ।
उता नेकपा भने चुनावका लागि तयार भएको छ । प्रचण्डले सार्वजनिक रुपमै फागुन २१ मै चुनाव हुनुपर्ने बताउँदै आफूहरू त्यसका लागि तयार भइसकेको बताउने गरेका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनाव फागुनमै हुनुपर्ने बताइरहेको छ । कांग्रेस र एमालेले भने संसद् पुनर्स्थापनामा जोड दिइरहेका छन् ।















प्रतिक्रिया