प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे « Khabarhub

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन शुक्रबार हाजिरी जममानीमा छुटेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेर हिरासतमा लिएको थियो ।

देवी भट्टचन र कुसुम लामाबीचको विवादका कारण उनी सीआईबीको हिरासतमा पुगेका थिए । शेरचनसहित प्रभु बैंकका अन्य पदाधिकारी र कर्मचारीलाई विशेष सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाडेको हो ।

गत साता उच्च अदालत पाटनका न्यायाधीशहरू चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको इजलासले ५ दिनभित्र बयान सक्न अन्तिम पटकलाई म्याद थपको अधिकार सरकारी वकिललाई दिएको थियो ।

तर यसअघि छुटेका देवी भट्टचन जस्तै अशोक शेरचन पनि उच्च सरकारी वकिल कार्यालयबाटै छुटेका हुन् । विशेष सरकारी वकिलको निर्णयअनुसार आवश्यक कागजपत्र मिलाएर शेरचन, मणिराम भुसाल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यसहित सीआईबीले छाड्ने छ ।

उनीहरू सबैलाई ठगी र बैंकिङ कसूरको अभियोगमा पक्राउ गरिएको थियो । सीआईबीले ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन उल्लङ्घनको अनुसन्धानका क्रममा संकलित तथ्य र विज्ञ टोलीको विश्लेषणले बैंकका शीर्ष नेतृत्वको संलग्नता पुष्टि भएको जनाएको थियो ।

अनुसन्धानबाट उनीहरूले राष्ट्र बैंकको निर्देशनविपरीत काम गरेको र बैंकलाई हानी हुने गरी करोडौँ रुपैयाँ विभिन्न कम्पनीमार्फत् दुरुपयोग गरेको भेटिएको सीआईबीको जिकिर थियो ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३५ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य