चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू) « Khabarhub

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ ।

सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका छन् ।

हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ ।

हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे । 

उनले नेपाललाई विश्वमा केवल प्रकृतिमय देश भएको र हात्ती महोत्सवबारेको अपूर्ण धारणालाई हात्ती नेपालको  संस्कृतिसँग जोडिएको पनि स्पष्ट हुनुपर्ने बताए ।

आयोजकका अनुसार महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पुर्‍याउने अपेक्षा गरिएको छ । प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी/ चितवन

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ४८ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक