चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू) « Khabarhub

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ ।

सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका छन् ।

हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ ।

हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे । 

उनले नेपाललाई विश्वमा केवल प्रकृतिमय देश भएको र हात्ती महोत्सवबारेको अपूर्ण धारणालाई हात्ती नेपालको  संस्कृतिसँग जोडिएको पनि स्पष्ट हुनुपर्ने बताए ।

आयोजकका अनुसार महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पुर्‍याउने अपेक्षा गरिएको छ । प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी/ चितवन

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ४८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा