नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित « Khabarhub

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन् । 

लुम्बिनीमा बिहीबार सम्पन्न आठौँ केन्द्रीय महाधिवेशनबाट भट्टको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित  भएका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टले आफ्नो कार्यकालमा स्वास्थ्यकर्मीको हकहितका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्वास्थ्यकर्मीको दरबन्दी बढाउनेदेखी शान्ति,सुरक्षा , स्वास्थ्यकर्मीलाई विदेशिनबाट रोक्न आफ्नो पहलकदमी हुने बताए ।

त्यस्तै महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा मिना श्रेष्ठ, वसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन भएका छन् । 

यसैगरी महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बिसी, निखिल पोखरेल र अनिल सेन ठकुरी निर्वाचित भए । 

कोषाध्यक्षमा सुरेश दवाडी, सह कोषाध्यक्षमा शेर बहादुर खत्री र सचिवहरूमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिभा सिंह र तारा बहादुर बस्नेत निर्वाचित भएका छन् । 

सदस्यहरूमा गणेश प्रसाद नेपाल, प्रमोद प्रसाद कश्यप, पुनम कुमारी शाह, गजेन्द्र बहादुर थापा, इन्द्रा लोहनी, विष्णु प्रसाद खनाल, सुजता भट्टराई, लक्ष्मणनाथ योगी, बम प्रसाद भट्ट, अनिल कुमार शाह, रमेश कुमार खनी, हरि प्रसाद जैसी, प्रदीप योगी, मिना कुमारी काकी, होमनाथ सुवेदी, दिपेन्द्र कुमार सिंह, गंगा सेनी, गणेशराज पौडेल, सिताराम चौधरी, लोक प्रकाश रोकाय, नवराज खड्का, विष्णु प्रसाद शर्मा, आलोक कुमार चौधरिया, हिरालाल शाह, रोषण श्रेष्ठ र धुर्वराज भिमिरे निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ५३ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा