शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति « Khabarhub

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

शुक्रबार बुढानीलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनमा उनले वर्तमान समयको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारीसँग जोडिनुपर्नेमा समेत जोड दिए । उनले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारसँग सहकार्य पनि गर्नुपर्ने आवश्यकता औँल्याए । 

उपराष्ट्रपति यादवले जेन-जी युवाहरूको आन्दोलनले मुलुकलाई नयाँ सोच, मार्ग र दिशा प्रदान गरेको उल्लेख गर्दै सो आन्दोलनले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउने प्रेरणा दिएको बताए । शिक्षण–सिकाइ प्रक्रिया केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनु आजको आवश्यकता रहेको उनको भनाइ थियो । 

उपराष्ट्रपतिले निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै स्थानीय संस्कृति, मूल्य–मान्यता र पहिचानलाई सम्मान गर्ने पाठ्यक्रम विकासमा हिसानलगायतका संस्थाले सहकार्य गर्नुपर्ने धारणा राखे । 

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले गुणस्तरीय, समावेशी र सीपयुक्त शिक्षाको प्रवर्द्धनमा निजी क्षेत्रका संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । 

कार्यक्रममा पूर्वमन्त्री एवं हिसानका निर्देशन समिति संयोजक उमेश श्रेष्ठलगायत विभिन्न शिक्षा क्षेत्रका विज्ञ, निजी शिक्षालयका सञ्चालक, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा हिसानको योगदानको प्रशंसा गरेका थिए ।
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ४ : १४ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते