आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने « Khabarhub

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । 

नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उनले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘आयुर्वेदको प्रभावकारी र गुणस्तरीय उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ ।’

आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधा सम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्नेतर्फ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले योग र ध्यानलाई आयुर्वेद उपचारसँगै लैजान सुझाव दिए । स्वास्थ्य जीवनशैली, आहार विहार र व्यवहारलाई आमजनमानससम्म पुर्‍याउन उनले आग्रह गरे ।

स्वास्थ्य बिमा कार्यक्रमको सुधार अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गौतमले बिमामार्फत आयुर्वेद उपचारको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरे । ‘आयुर्वेदलाई पनि बिमामा जोड्नेमा प्रयास गर्नेछु’, उनले भनिन् ।

सो क्रममा मन्त्री गौतमलाई चिकित्सालयका निर्देशक डा वासुदेव उपाध्यायले सेवा प्रवाह, जनशक्तिलगायत विषयमा जानकारी गराएका थिए  । 

विसं १९७४ मा स्थापना भएको उक्त अस्पताल १०० शय्यामा सञ्चालित छ । सो अस्पतालमा २४ घण्टा नर्सिङ सेवासहित बिरामीको जाँच, निःशुल्क औषधि वितरण, विशेषज्ञ आयुर्वेद र वैकल्पिक चिकित्सा उपचार सेवा प्रदान गरिँदै आइएको छ ।रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : ३९ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते