खाँदबारीमा सेकाहा महोत्सव सुरु « Khabarhub

खाँदबारीमा सेकाहा महोत्सव सुरु


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

उनले सेकाहाको ऐतिहासिक महत्वलाई उजागर गर्दै यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सवमा विभिन्न समुदायको झाँकी, स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद सञ्चालन गरिनेछ । साथै गाउँ अवलोकन, पर्यटकीयस्थल भ्रमण र होमस्टे प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेको सेकाहामा सामूहिक रूपमा तमु ल्होसार मनाइँदैछ । यसले जातीय सद्भाव र भाइचारा बढाउने आयोजकको विश्वास छ । 

आयोजक समितिका अध्यक्ष मनिराज गुरुङले महोत्सवले स्थानीय संस्कृतिको संरक्षणमात्र नभई गाउँको आर्थिकस्तर उकास्न र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन टेवा पुग्ने जानकारी दिए । महोत्सव आगामी मङ्गलबारसम्म सञ्चालन हुने छ ।
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ०५ बजे

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै