महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप « Khabarhub

महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो । विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फार्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए  ।

सबै वडामा किसानले पालेका २४ हजार १०० खसी बाख्रालाई पिपीआर खोप लगाइनेछ । त्यस्तै सुँगुर–बङ्गुरलाई एक हजार १०० डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए  ।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले यस किसिमको खोपबाट पशुमा अनाहक रूपमा लाग्ने रोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : २५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन