सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु « Khabarhub

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ । आज यहाँ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणकार्य शुभारम्भ गरे । उनले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए ।

मुख्यमन्त्री कँडेलले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रति दिन बढिरहेकाले हेलिकप्टरसहित दमकलबाट अग्नी नियन्त्रण गर्न पोखरी निर्माणले सहज हुने बताए । उनले प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउँदै विपद् न्यूनीकरणमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

प्रदेश सरकारले नेपाली सेनासँगको सहकार्यमा पोखरी निर्माण गर्न लागेको हो । विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरवेशको हाताभित्र निर्माण हुने पोखरीबाट आगलागीका बेला हेलिकप्टरमार्फत पानी भरेर आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए ।

उनका अनुसार उक्त प्रविधिलाई ‘बम्वी बकेट’ भनिन्छ यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर डढेलो वा आगलागी नियन्त्रण गरिन्छ । उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने पोखरीको लागत रु ९९ लाख ९६ हजार २०० रहने उपसचिव गौतमले जानकारी दिए ।

निर्माण शुभारम्भ गर्न आयोजित कार्यक्रम प्रमुख सचिव वीरेन्द्रकुमार यादव, पश्चिम पृतनाका सहायक रथी, सञ्जयकुमार रञ्जित, नं ४ बाहिनी नेपालगञ्जका बाहनीपति दिनेशजङ्ग शाह, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ४९ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति