समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा « Khabarhub

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन् । उनीहरू अनुभवका खानी र इतिहासका जीवित साक्षी पनि हुन् । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका १०८ वर्षीय भौना डगौरा यसको एउटा ज्वलन्त उदाहरण हुन् । विसं १९७४ मा जन्मिएका डगौराले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका धेरै उतारचढावलाई नजिकबाट नियालेका छन् ।

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले डगौराको घरमै पुगेर उनलाई सम्मान गरे । सम्मान प्राप्त गरेपछि उहाँ निकै उत्साहित दिखिन्थे । नगरपालिकाकै सबैभन्दा बढी उमेर पुगेका नागरिकका रूपमा सम्मानित हुन पाउँदा उहाँले ‘नगरमा जनप्रतिनिधि भएको अनुभूति’ भएको प्रतिक्रिया दिए ।

भौना डगौराको जीवनकथा सुन्दा कुनै ऐतिहासिक चलचित्रको वृत्तान्त सुनेझैँ लाग्छ । उनले देशमा राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र हुँदै हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा देखेका छन् ।

विशेषगरी, सहिद भीमदत्त पन्तले कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा चलाएको किसान विद्रोहलाई उहाँले नजिकबाट नियालेका मात्र छैनन्, त्यसको पीडा र गर्वलाई पनि महसुस गरेका छन् । उनका आफ्नै जेठा दाजुले उक्त क्रान्तिमा होमिएर सहादत प्राप्त गरेका थिए । डगौरा भन्छन्, “सबैभन्दा राम्रो व्यवस्था लोकतन्त्र आएपछि हुन्छ भन्थे, अहिले आफ्नै आँगनमा सरकार आइपुग्दा खुसी लागेको छ ।”

एक सय आठ वर्षको उमेरमा पनि भौना डगौराको सक्रियता लोभलाग्दो छ । उनी अझै पनि ‘ठमठमी’ हिँडडुल गर्नुहुन्छ र नित्य कर्महरू आफैँ गर्छन । उनको यो दीर्घायु र स्वास्थ्यको पछाडि घरपरिवारको अथाह माया र स्नेह रहेको उनी स्वीर्काछन् ।

“घरपरिवारबाट निकै स्नेह पाइरहेकाले यति वर्षसम्म बाँच्न पाएकामा मलाई गर्व छ”, डगौराले मुस्कुराउँदै भने । ज्येष्ठ नागरिकका समस्या र राज्यको दायित्व सम्मान ग्रहण गर्ने क्रममा डगौराले समाजमा बढ्दै गएको तीतो अनुभव उपप्रमुख पन्तसमक्ष पोखे ।

उनले कतिपय परिवारले ज्येष्ठ नागरिकलाई बोझ ठानेर वृद्धाश्रममा पठाउने गरेकामा चिन्ता व्यक्त गरे । उनले सुझाव दिए, “ज्येष्ठ नागरिकलाई घरमै मायाका साथ राख्ने र उहाँहरूको सम्मान गर्ने व्यवस्था हुनुपर्छ ।”

नगर उपप्रमुख पन्तले डगौराका साथै नगरका अन्य दुई १०७ वर्षीय ज्येष्ठ नागरिक, नगरपालिकाको वडा नं ५ का कलावतीदेवी भट्ट र जयन्तीदेवी भट्टलाई पनि घरमै पुगेर सम्मान गरेका छन्। नगरपालिका ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि सधैँ तत्पर रहने प्रतिबद्धता उनले गरे ।

“ज्येष्ठ नागरिकहरू ज्ञानका भण्डार हुन्”, उनले भने, “उहाँहरूले भोगेको समय र सङ्घर्षले नयाँ पुस्तालाई मार्गदर्शन गर्छ ।”

“भौना डगौराजस्ता व्यक्तित्वहरूलाई घरदैलोमै पुगेर सम्मान गर्नुले पुराना सङ्घर्ष र इतिहासको रक्षा हुन्छ”, नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले भने, “वृद्धवृद्धालाई सम्मान गर्ने संस्कारको विकास हुन्छ, राज्यको उपस्थितिः दुर्गमका ज्येष्ठ नागरिकले पनि राज्य मेरो साथमा छ भन्ने महसुस गर्छन् ।”

“समाजका ज्येष्ठ अभिभावकहरूको उचित हेरचाह र संरक्षण गर्नु नै सभ्य समाजको पहिचान हो”, उनले भने, “नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई लाभ पुग्नेगरी योजना तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्न आतुर छौँ ।”

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ४६ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति