जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट « Khabarhub

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू हालसम्म सम्बोधन नभएको भन्दै आपत्ति जनाएको छ ।

मुभमेन्टले बिहीबार प्रेस वक्तव्य जारी गर्दै समस्याको जड नछोई देशलाई जबरजस्ती निर्वाचनतर्फ धकेल्दा सामाजिक द्वन्द्व अझ गहिरिने र गृहयुद्धको खतरा बढ्ने उल्लेख गरेको छ। भाद्र २३ र २४ गते नवोदित पुस्ताको आह्वानमा भएको जेन्जी विद्रोहलाई गहिरो राजनीतिक जागरणको अभिव्यक्ति भन्दै त्यसबाट उठेका माग र चेतनालाई संविधानमा संस्थागत नगरेसम्म संघर्ष जारी रहने स्पष्ट गरिएको छ।

वक्तव्यमा वर्तमान सरकारले राजनीतिक तथा नैतिक वैधता गुमाइसकेको दाबी गर्दै तत्काल सत्ता छोड्नुपर्ने माग गरिएको छ। देशलाई विद्यमान संवैधानिक र राजनीतिक संकटबाट मुक्त गर्ने एकमात्र विकल्प सर्वपक्षीय सरकार निर्माण र सर्वपक्षीय सहमतिमार्फत नयाँ राजनीतिक निकास खोज्नु रहेको जेन्जी मुभमेन्टको ठहर छ।

यसै सन्दर्भमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अघि सारेको सर्वपक्षीय सहमतिमा आधारित सरकार निर्माणको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जनाइएको छ। जेन्जी विद्रोहका मुद्दाहरू पूरा गराउन रूपान्तरणको पक्षमा उभिने जुनसुकै समूह, दल वा व्यक्तिसँग सहकार्य गर्न जेन्जी मुभमेन्ट नेपाल तयार रहेको वक्तव्यमा उल्लेख छ।

मुभमेन्टका अनुसार यो संघर्ष सत्ता परिवर्तनका लागि मात्र नभई राज्यको चरित्र परिवर्तनका लागि हो। प्रेस वक्तव्यमा प्रवक्ता विजय शाहले जेन्जी आन्दोलनलाई निर्णायक चरणमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै ‘लङ लिभ जेन्–जेड मुभमेन्ट नेपाल’ भन्ने नारासमेत उल्लेख गरेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ०० बजे

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको