नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन « Khabarhub

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको छ ।

प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको हो ।

आयोगद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, “गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगरउपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरू उपर गोदावरी नगरपालिकाले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी नेपालको संविधान, सङ्घीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानुनलाई बेवास्ता गरी राजस्व चुहावट गरी गराइ नेपाल सरकारलाई हानी पुर्‍याएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनको फरकफरक पाँच वटा निवेदन दर्ता गरिएको छ ।”

जम्मा रु एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ राजस्व चुहावट गरी सरकारलाई हानी पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ४४ बजे

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ