आज २०८१ साल माघ १४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ १४ गते सोमबारको राशिफल


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ १४ गते सोमबार माघ कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ जनवरी २७ तारिख। सोम प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : मन शान्त बन्नेछ। स्वदेशको लगानीबाट फाइदा हुनेछ। लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। शिक्षाको लगानीबाट नाफा कमाउने योग छ।

कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। घुमघाम गर्ने दिन तय हुनेछ। स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ। साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ। राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ।

कन्या : दिन राम्रो छ। साना कुराले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेट फलदायी बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ।

तुला : दैनिक काम सहजै बन्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ। दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ।

धनु : दिन राम्रो छ। साथीभाइसँग सहकार्य हुनेछ। पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ। विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ। परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ।

मकर : अन्त्य साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ। सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। खर्च कटौती गर्नुपर्ने समय आएको छ। सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। संकटमा साथीको साथ मिल्नेछ।

मीन : सुरुवाती साढेसाती दशाले गर्दा मन अशान्त बन्नसक्छ। शिक्षामा मेहिनेतको खाँचो देखिन्छ। परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : १० बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले