अल्लोको कपडाबाट आकर्षक सामग्री उत्पादन « Khabarhub

अल्लोको कपडाबाट आकर्षक सामग्री उत्पादन


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् ।

फुङ्लिङ नगरपालिका– १० की दीपा लिम्बू विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छिन् । बिहान–बेलुका घरायसी काम सकेर दिउँसो उनी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त रहन्छिन् । त्यही गाउँका ६५ वर्षीया गङ्गामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बनेकी छिन् । उनीसँगै  रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय छिन् ।

फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन् । हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन् । गत वर्षदेखि सुरु भएको अभियानले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ ।

तालिमले महिलालाई उद्यम विकास, अल्लो सङ्कलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ । यसै तालिमपछि उनीहरूले कपडाबाट पोशाक, झोला, पर्स, रुमाल लगायत सामग्री उत्पादन गर्न थालेका छन् ।

घरेलु तथा साना उद्योग महासङ्घका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले २४ लाख रुपैयाँ लगानी गरेका छन् । फुङ्लिङ नगरपालिकाले दुई लाख, वडा कार्यालयले एक लाख ५० हजार र घरेलु तथा साना उद्योग कार्यालयले दुई लाख सहयोग गरेका छन् ।

तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन् । सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पुर्‍याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ ।

फुङ्लिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष श्रेष्ठका अनुसार महिलाले घरको चुलोचौकोमा सीमित नरही स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सक्छन् ।

फुरुम्बोका महिलाले सामूहिक प्रयासबाट स्थानीयस्तरमा स्वरोजगारको बलियो उदाहरण प्रस्तुत गरेका छन् । गाउँकै कच्चा पदार्थबाट उत्पादन गरिएका सामग्रीले बजार पाउँदै गर्दा उनीहरूमा आत्मविश्वास बढेको फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योगका अध्यक्ष चन्द्रकुमारी लिम्बूले बताए ।

अहिलेको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनाअन्तर्गत उत्पादित सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने योजना बनाइएको छ ।

महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ । यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकाे छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : ५१ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६