अमेरिका र कोलम्बियाबिच विमान अवतरणमा सहमति « Khabarhub

अमेरिका र कोलम्बियाबिच विमान अवतरणमा सहमति


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिका कोलम्बियासँगको अतिरिक्त करको निर्णयबाट फिर्ता भएको छ । कोलम्बियाले कुनै अवरोध विना डिपोर्ट भएका आप्रवासीलाई स्वीकार गर्ने भएपछि अमेरिकाले अतिरिक्त करको निर्णय हटाएको हो । 

आप्रवासी लिएर गएको अमेरिकी सैन्य जहाज कोलम्बियाको भूमिमा बस्न नदिइएपछि अमेरिकाले २५ प्रतिसित अतिरिक्त रकमको निर्णय गरेको हो । 

त्यस पछि कोलम्बियाको राष्ट्रपति गुस्ताभो पेड्रोले आफ्नो देशको नागरिकलाई अपराधी झैँ व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरे पछि दुई देश बिचको विवाद बढेको हो ।

पेड्रोले अहिले वार्ता भएको तथा नागरिकलाई सम्मानजनक व्यवहार सहित कोलम्बियामा छाडिने सहमति भएको बताए । सहमति पछि नै अमेरिकी सैन्य विमान बोगटामा अवतरण गर्न लागेको हो । 

आइतबार नै सामाजिक सञ्जालमा दुई देशमा नेताले व्यापारिक सम्झौतामा पुर्न विचारको चेतावनी दिने क्रममा जुहारी नै चले पछि वार्ता अघि बढेको थियो । ह्वाइट हाउसले भने ट्रम्पको तर्फबाट पुरै कागजात तयार भएको जनाउँदै कोलम्बियाले सहमतिमा अटेर गरे यसलाई लागु गर्ने बताएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : १७ बजे

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले