सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री | Khabarhub Khabarhub

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । 

सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन् । 

‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘सम्पत्तिको आपराधिक उपयोगबाट अर्थतन्त्रका साथै शासकीय स्वच्छतामा नै चुनौती खडा हुने हुँदा यसको निवारणमा थप प्रभावकारिता वृद्धि गर्दै आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न अझ हौसला प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

ओलीले असल मनसायका साथ आफ्नो पेसा, व्यापार, व्यवसाय गर्ने सबैलाई विचलित नभई आफ्नो व्यावसायिक एवं पेसागत जीवन निर्धक्क भएर काम गर्न समेत आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीको सन्देश कार्यक्रम स्थलमा वाचन गरी प्रस्तुत गरिएको थियो । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजनामा पहिलो पटक यो दिवस मनाइएको हो । 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते दिवस मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : १९ बजे

बेमौसमी फूलखेती गरेर वार्षिक १५ लाख आम्दानी

घोराही– घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल

‘जेनजी’ प्रदर्शन : बनेपा नगरपालिकामा १० करोडको क्षति

काभ्रे– गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड

गोठदेखि ओठसम्म दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपभोक्ताले स्वच्छ दूध र दुग्धजन्य पदार्थ उपभोग

सीटी मार्केटका सबै पसल तीन महिनाभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सीटी मार्केटका सबै पसलहरू

दशैँमा गाउँ फर्कनेको चहलपहल, यस्तो देखियो जडीबुटी क्षेत्र (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै काठमाडौं छोड्नेको संख्या