अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग « Khabarhub

अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  

ढकारी गाउँपालिका– ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नं १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको जनाएका छन् ।

आज बिहान मन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम– १ का सांसद शेरबहादुर कुँवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिए । उनका अनुसार घटनाको छानविनका लागि प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान थालेको छ ।

यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्री समक्ष माग गरेका थिए ।

 उनीहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्दै सरकार यस्ता घटनामा गम्भीर बन्नुपर्ने बताए।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  २ : १० बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर