काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू) « Khabarhub

काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू)

घेरियो ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय



काठमाडौं- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाएसँगै तनाव पनि चुलिएको छ ।

गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन पनि बढेको हो ।

शनिबार मात्रै ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा कम्तीमा २४ जना घाइते भए । घाइतेहरूमा २० जना प्रहरी र चारजना केबलकारको विरोधमा उत्रिएका स्थानीय छन् । जसमध्ये केहीलाई गोलीसमेत लागेको छ ।

बल प्रयोग गरेर केबलकार निर्माण अघि बढाएसँगै विरोधमा रहेका समूहको आन्दोलन पनि चर्किँदै गएएको छ । शिलान्यासअघि र पछि ताप्लेजुङमा पटक पटक झडप भइसकेको छ। तनाव बढ्दै जाँदा हिंश्रक झडप पनि हुन थालेको छ ।

पाथीभरामा केबुलकार निर्माण गरि छाड्ने पक्ष र केबुलकार विरोधी पक्षबीच गत कात्तिक २३ गते शिलान्यासका क्रममा पनि झडप हुँदा कम्तीमा ५ जना घाइते भएका थिए। ठूलो संख्यामा प्रहरी परिचालन गरेर केबलकार निर्माणको शिलान्यस गरिएपछि विरोधमा उभिएकाहरूको असन्तुष्टि पनि चुलिएको छ ।

अब ताप्लेजुङमा मात्रै सीमित आन्दोलन काठमाडौंमा पनि पसेको छ । सोमबार ताप्लेजुङमा केबलकार बन्न नहुने पक्षमा उभिएकाहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार काठमाडौंको कमलादीस्थित ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालयमा घेरेर प्रदर्शन गरेका छन् । विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरूले ग्लोबल आईएमईको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।

त्यसक्रममा केबलकार सञ्चालक आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालविरुद्ध नाराबाजीसमेत गरे । उनीहरूले बलजफ्ती गरेर अघि बढेमा अझै कडा रुपमा प्रतिरोध थाल्ने चेतावनीसमेत दिएका छन् । पाथीभारामा निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएर केबलकार निर्माण अघि बढाएको छ ।

ताप्लेजुङको पाथिभरा मुकुलुङ क्षेत्र आदिवासी लिम्बूहरूको पवित्र धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।

लिम्बूहरूको धार्मिक आस्थाको धरोहर मुकुलङमा जथाभावी वन फँडानी भएको भन्दै विरोध भएको थियो। प्रकृतिपूजक लिम्बूहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठिरहेको छ ।

त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूले तर्क गरिरहेका छन् । उनीहरूले नै सोमबार चन्द्र ढकाल सञ्चालक रहेको ग्लोबल आईएमई बैंक पनि घेरेका हुन्।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ४७ बजे

रवि लामिछने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका

संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानमा छेडखानी नगरी आवश्यक सुधार

हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ : बाबुराम

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति