मन्दिरको जग्गामा भूमाफियाको नजर, सिया रघुनाथ सदनमा धमाधम ठडिँदै भवन | Khabarhub Khabarhub

मन्दिरको जग्गामा भूमाफियाको नजर, सिया रघुनाथ सदनमा धमाधम ठडिँदै भवन


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मिथिलाको प्राचीन र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाम ‘५२ कुटी ७२ कुण्ड’को उपमाले प्रख्यात छ । विश्वका करोडौँ हिन्दुहरूको धार्मिक आस्थाको केन्द्रको रूपमा समेत जनकपुरलाई चिनिन्छ ।

जनकपुर राजर्षि जनकको राज्यभूमि एवम् सतिशिरोमणी जगत, जननी माता जानकी र उनका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको जन्म थलो हो । कुण्ड नै कुण्डले सुशोभित भएर मैथिली भाषा, कला, र संस्कृतिको अनुपम सौन्दर्य प्रदान गरिरहेको मिथिलाको राजधानी जनकपुरधाम यहाँकै बासिन्दा, नेतादेखि पत्रकारसम्मको अतिक्रमणमा मन्दिर र कुण्डहरूको जग्गा मासिन थालेको छ ।

अव्यवस्थित सौन्दर्यविहीन बन्दै आफ्ना मौलिक परम्परा संस्कृति, पुरातात्त्विक ऐतिहासिक एवम् पौराणिक धार्मिक अस्तित्व हराउने अवस्थाबाट गुज्रिरहेको छ ।

पौराणिक ऐतिहासिक धार्मिक तलाउहरू मास्ने क्रम जारी छ । पहिले तलाउ रहेका जमिनमा गगनचुम्बी अग्ला भवन ठड्याइएको छ । बाँकी रहेका छिटपुट पोखरी र मन्दिरका जग्गाहरुमाथि पनि भूमाफियाहरुको नजर परिसकेको छ । यसको ज्वलन्त उदाहरण लिन सकिन्छ जनकपुरधामको ऐतिहासिक मन्दिरहरूमध्येको सिया रघुनाथ सदन मन्दिरको जग्गा ।

अहिले यस मन्दिरको जग्गामाथि अवैधरुपमा खुलेआम भवनहरू निर्माण भइरहेका छन् । जनकपुरधाममा सार्वजनिक महत्वको मठमन्दिरका बहुमुल्य जग्गा एकपछि अर्को ठाँउमा अवैधरुपमा खुलेआम भवनहरू निर्माण भईरहेपनि सरोकारवाला निकाय एक अर्कालाई पत्राचार गरेरै जिम्मेवारीबाट पन्छिँदै आएका छन् । तर, निर्माण रोक्न र त्यसमा संलग्नहरूलाई कारबाही गर्न कुनै निकायले अग्रसरता लिएको देखिँदैन । 

सिया रघुनाथ सदनको जग्गामाथि अहिले भूमाफियाहरुले निजी घर निर्माण गर्न लागेका छन् । जनकपुरधामको रामानन्दचोक भन्दा पश्चिम बिहारकुण्डमा रहेका सो सदनको जग्गामा अवैधरुपमा खुलेआम भवन निर्माण भइरहँदा सरोकारवाला निकायहरू मौन छन् ।

जग्गा रजिस्ट्रेसन आफ्नो नाममा नरहेको र उपमहानगरपालिकासँग समेत घर निर्माणका लागि कुनै प्रकारको इजाजत प्राप्त नरहेपनि भवनहरू बनाइँदै छ । 

समाज विकास युवाकेन्द्र जनकपुरधामका अध्यक्ष सुनिल राउतले आफूहरूले पटक-पटक सरोकारवालाहरुलाई जानकारी गराए पनि कोही नआएको आरोप लगाए । 

उनले भने,‘स्थानीय प्रशासनलाई पटक पटक फोन गरेर भेटेर यस विषयमा जानकारी गराइ निर्माण कार्य रोक्न आग्रह गर्‍यौ । तर सबैले आउँछौ भने तर यसलाई रोक्न कोही आएनंन ।’

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ सिट नम्बर १३५४–१७ कित्ता नम्बर ४६, सिट नम्बर  १३५४–१६ कित्ता नम्बर १२, सिट नम्बर १३५४–१३ कित्ता नम्बर ३९, सिट नम्बर १३५४–९ किता नम्बर १४ लगायतका एक बिघा १२ कठ्ठा भन्दा बढी सिया रघुनाथ सदनको खेती योग्य जग्गा मासेर घर बनाइँदै छ । दोहरो नागरिकता मुद्दामा उत्तराधिकारी थुनामा परेपछि मन्दिरका महन्त नामदेव शरणसँग अहिले अवैध मानिएको मनखपको कागज बनाएर बलजफती धमाधम एकपछि अर्को भवन ठडयाइँदै छ । 

सिया रघुनाथ सदन मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गहुँ उब्जाउन कुनै बेला दाताले दिएको यस जग्गाको चलन चल्तीको भाउ १९ करोड रुपैयाँ भन्दा बढी रहेको अनुमान छ ।

प्रतिधुर ५ लाख भन्दा बढी चलन चल्तीको भाउ रहे पनि भूमाफियाहरुको एक समूहले जग्गा धनीलाई थाहै नदिई झासामा घर बनाउनेहरूसँग प्रतिधुर साढे एक देखि दुई लाख रुपैयाँ सम्म असुलेको छ ।

 स्थानीय र प्रदेश सरकारले भन्यो, ‘गुठीको जग्गा सम्बन्धमा  आफूहरूसँग कुनै पनि अधिकार छैन ।’

 तर, कानुन बमोजिम कारबाहिका लागि महन्थ शरणले दिएको सक्कली उजुरी संघीय सरकारका प्रतिनिधि जिल्ला प्रशासन कार्यालयले उपमहानगरपालिकालाई पठाएको छ । 

स्थानीय तहको निर्वाचनको बेला जनकपुरधामको धार्मिक महत्वका मठमन्दिरका जग्गा कुनै पनि हालतमा कब्जा हुन नदिने र भएका जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका जनप्रतिनिधि पनि मौन छन् । यो भन्दा अचम्म त के छ भने एक त अवैधरूपमा सार्वजनिक महत्वका जग्गा कब्जा र दोस्रो जनकपुरधाम उपमहानगरसँग नक्सा पाश बिना नै यसरी घर ठडयाईदै छ ।

महन्थ शरणले उपमाहानगरपालिकाको कार्यालयमा अवैध संरचना बनाइरहेका १७ जनाको विरुद्ध अर्को उजुरी पनि दिएका छन् ।

तर, सरोकारवालाको मौनताका कारण उल्टै भूमाफियाहरुले महन्थ शरणलाई धाकधम्की दिन थालेपछि बाध्य भएर शरणले सुरक्षाका लागि मन्दिरमा सिसिटी टिभी जडान गरेका छन् ।

मठ मन्दिर र पोखरी सरोवरहरूको शहरको रूपमा प्रख्यात सांस्कृतिक तथा धार्मिक नगरको जति जनकपुरधामको गुणगान सुन्न र हेर्न पाइन्छ अहिले त्यसभन्दा बढी सम्बन्धित निकायको मौनताले दुर्गन्धित छ ।

बचेखुचेका मठ मन्दिरको धार्मिक महत्वको जग्गाको खुलेआम अवैधानिक रूपमा खरिद बिक्री र कब्जा गरी घर बनाउने र घेरा बेरा लगाउने प्रवृत्ति रोक्नेतर्फ सम्बन्धित निकायको सक्रियता पुगेको छैन । 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ४ : ३३ बजे

पाथीभरा प्रकरणमा गृहमन्त्रीको विज्ञप्ति – घाइतेलाई उपचार आश्वासन, विवाद मिलाउन अनुरोध

काठमाडौं – गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार

लेबनानमा इजरायली आक्रमणमा तीव्र, २५ जनाको मृत्यु, १६० घाइते

एजेन्सी – लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा

‘विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान’

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको

देशव्यापी सम्मेलन र खबरदारीबाट माओवादीमा नयाँ जागरण : सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले