रास्वपा बैठक : फागुनबाट उद्योगी व्यवसायीसँग संवाद गर्ने  « Khabarhub

रास्वपा बैठक : फागुनबाट उद्योगी व्यवसायीसँग संवाद गर्ने 

जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउने जिम्मा प्रदेशको


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय चमतीमा  कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले संसदमा  सरकारले ल्याएका ५ वटा अध्यादेशको विषयमा संसदहरुले अध्ययन गरेर प्रस्तुत हुने छलफल चलेको छ । यसलाई अझ परिष्कृत १६ गते बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने छ । 

यस्तै सरकारले सदन सुरु गर्न छाडेर अध्यादेश ल्याएको भन्दै त्यसको पनि विरोध गर्ने निर्णय गरेको छ । रास्वपा नेता विराजभक्त श्रेष्ठमा अनुसार आजको बैठकमा विषयगत विभाग र संगठनको नियमावली र विधिमा काम गर्न छलफल भएको छ । 

पार्टी प्रवेश गर्न आटेका जनप्रतिनिधिहरूलाई सम्बन्धित प्रदेशले नेतृत्व गरेर प्रवेश गराउने छलफल भएको छ । जिम्मेवारीहरू विकेन्द्रीकरण गरेर प्रदेशलाई दिने छलफल भएको छ । 

क्षेष्ठका अनुसार सात प्रदेशमा सचिवालय सदस्यकोको नेतृत्वमा त्यहाँका उद्योगी, व्यवसायी र अभियन्तासँग संवाद गर्न फागुन महिनाबाट अभियान चलाउने निर्णय गरेको छ । त्यसको लागि प्रतिनिधि सभा सदस्य, केन्द्रीय सदस्यको टोली खट्ने छ ।    

अध्यादेशको सन्दर्भमा अध्ययन गरेर प्रस्तुत हुने भनिएको छ । विपक्षीसँग राष्ट्रिय मुद्दामा संवाद गर्ने छलफल भएको छ । 

श्रेष्ठले खबरहबलाई भने, ‘संसद् सुरु हुन आटेको बेला दुई तिहाइको सरकारले ल्याएको अध्यादेशबारे पनि विधि र विधान अनुसार भएन भनेर प्रश्न हुन्छ ।’ 

बैठकले आवश्यक परेको खण्डमा सभापति रवि लामिछानेसँग परामर्श गरेर काम गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ४ : १९ बजे

नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालीन सरकारतर्फ इङ्गित

कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट

भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप

काठमाडौं- भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण