राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताएकी छन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विज्ञान प्रविधिको विकास, महिला, बालबालिका क्षेत्रको पछौटेपन हटाउन एवं खानेपानी समस्या समाधानमा सबैले आफ्नो क्षेत्रबाट काम गर्न सकेमा मुलुकले समृद्धि हासिल गर्ने बताइन्। 

राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय जिम्मेवारी लिने चरणमा आफू पुगी नसकेको उनले प्रस्ट पारिन्।

 उनले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद गैर राजनीतिक जिम्मेवारी नभएको उल्लेख गरिन्। 

उनले भनिन् ‘अहिले मिडियामा मेरो बारेमा आएका कुरा गलत छन् ।’ 

पूर्वराष्ट्रपति भण्डारीले आफू सचेत, सङ्गठित भएर हिँडेदेखि राष्ट्रिय राजनीतिमा चासो राखेको बताइन्।

 उनले भनिन्, ‘हरेकले राष्ट्रिय राजनीति बुझ्न आवश्यक छ, राजनीतिबाट कोही अछुत छैन र राजनीतिमा गहिरो चासो छ ।’

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : १७ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम