बागमतीका तीन सय ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया « Khabarhub

बागमतीका तीन सय ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सर्लाही – बागमती नगरपालिकाका तीन सय ४६ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ ।

बागमती नगरपालिका–५, सोल्टीमा सञ्चालित तीन दिने आँखा शिविरबाट उनीहरुको मोतिया बिन्दुको शल्यक्रिया गरिएको हो । गत माघ ४ गतेदेखि मोतिया बिन्दु पहिचान (स्कृनिङ) शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा फेला परेका बिरामीको शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले बताए ।

बागमती र बरहथवा नगरपालिकामा गरी १० स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो । शिविरमा दुई हजार एक सय ९६ जनाले आँखा जाँच गराएका थिए । शिविरबाट निःशुल्क आँखाको शल्यक्रिया भएकोमा बागमती नगरपालिका–२ की स्थानीय सुन्दरीमाया घिसिङले खुसी व्यक्त गर्नुभयो ।

‘‘मेरो दुवै आँखामा मोतिया बिन्दु भएको थियो’’, उनले भनेयो, ‘‘गतवर्ष एउटा आँखाको शल्यक्रिया गरेको थिएँ, यसवर्ष अर्को पनि गर्न पाइयो ।’’

बागमती नगरपालिका–४, निवासी तुलाबहादुर विश्वकर्माले उपचारकै लागि टाढा जान नसक्नेहरु शिविरबाट लाभान्वित भएको बताए ।

बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ चिकित्सक डा सञ्जिता शर्मा नेतृत्वमा डा सुदीपराज भण्डारी र डा छिरिङको टोली खटिएका थिए । एकै दिन एक सय ४३ जनाको आँखामा भएको मोतिया बिन्दुको शल्यक्रिया गरिएको चिकित्सक शर्माले जानकारी दिए ।

नगरपालिकाले तिलगङ्गासँगको सहकार्यमा हरेक वर्ष आँखा शिविर सञ्चालन गर्दै आएको छ । विपन्न नागरिका लागि बर्सेनि निःशुल्क शिविर आयोजना गरिएको नगरका कार्यवाहक मेयर कृष्ण लामाले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : ५१ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण