पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा  « Khabarhub

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

हिजो बेलुका ६ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा राति ९ बजे सकिएको थियो । यस्तै दोस्रो प्रहर पूजा राति १२ बजे, तेस्रो प्रहर पूजा बिहान ३ बजे र चौथो प्रहर पूजा बिहान ६ बजे सकिएको हो ।

सो अवधिमा जप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेकलगायत पूजा गरिन्छ । प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ । 

सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यवर्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिएको छ ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिएको छ । सो अवसरमा भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ०३ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ