महाशिवरात्रिका दिन डोलेश्वरमा ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज « Khabarhub

महाशिवरात्रिका दिन डोलेश्वरमा ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् ।

सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो ।

महाशिवरात्रिको दिन भक्तजनलाई एक हजार १०० मा पूजा सामग्रीसहित पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको थियो । डोलेश्वरमा नेपाली र भारतीय गरी ६० हजारभन्दा बढीले पूजा एवं दर्शन गरेको महासचिव बस्नेतले बताए ।

रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्नुका साथै आज बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको थियो ।

शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम छ ।

बुधबार प्रसिद्ध आशापुरीमा पनि २५ हजारभन्दा बढी, साँगाको अग्लो कैलाशनाथ महादेवमा करिब १४ हजारले दर्शन तथा पूजा गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ०८ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न