शिवरात्रिका दिन सामूहिक माछा मार्ने चलन | Khabarhub Khabarhub

शिवरात्रिका दिन सामूहिक माछा मार्ने चलन


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वका दिन स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् ।

शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भीड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिए । शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौंदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उनले बताए । ‘माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि नै यो चलन रहँदै आएको छ’, मल्लले भने ।

माछा मार्ने कार्यमा सहभागी भएका वसन्तसिंह ठकुरीले विगतका वर्षमा तीन–चार सय व्यक्ति भेला भई माछा मार्ने गरे पनि यस वर्ष भने करिब दुई सयको  सङ्ख्यामा सहभागी भएको जानकारी दिए । उनका अनुसार माछा मार्न बालक, युवादेखि वृद्धसम्म बुढुवाखोला पुगेका थिए । ढडिया, जाल, डोकोलगायत सामग्री प्रयोग गरी परम्परागत रूपमा माछा मार्ने प्रचलन रहँदै आएको छ ।

भिमाद नगरपालिका–३ का वडाध्यक्ष पदम ठकुरीले माछा मार्ने प्रचलनले स्थानीयवासीबीच भाइचाराको विकास भएको बताए ।

विगत वर्षमा स्थानीयवासीले माछा मारेर फुर्लङभरि लैजाने गरे पनि आजभोलि करेन्ट र विषादीको प्रयोगले बुढुवाखोलामा माछा कम पाउन थालेका छन् । शिवालय नजानेहरू शिवरात्रिमा यहाँ माछा मार्न आउने गरेका छन् ।

यसपटकको महाशिवरात्रिमा घिरिङ गाउँपालिका–४ र ५ तथा भिमाद नगरपालिका–३ का स्थानीय माछा मार्न सहभागी भएका जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : २० बजे

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

नवलपरासी- यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको

दुई दशकपछि सडक स्तरोन्नति, स्थानीय खुसी

बागलुङ- निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका

भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश

वाशिंटन – ग्याङ सदस्यको आरोप लागेका भेनेजुएलालीको डिपोर्ट रोक्न अमेरिकाको

संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड