शिवरात्रिका दिन सामूहिक माछा मार्ने चलन « Khabarhub

शिवरात्रिका दिन सामूहिक माछा मार्ने चलन


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वका दिन स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् ।

शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भीड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिए । शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौंदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उनले बताए । ‘माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि नै यो चलन रहँदै आएको छ’, मल्लले भने ।

माछा मार्ने कार्यमा सहभागी भएका वसन्तसिंह ठकुरीले विगतका वर्षमा तीन–चार सय व्यक्ति भेला भई माछा मार्ने गरे पनि यस वर्ष भने करिब दुई सयको  सङ्ख्यामा सहभागी भएको जानकारी दिए । उनका अनुसार माछा मार्न बालक, युवादेखि वृद्धसम्म बुढुवाखोला पुगेका थिए । ढडिया, जाल, डोकोलगायत सामग्री प्रयोग गरी परम्परागत रूपमा माछा मार्ने प्रचलन रहँदै आएको छ ।

भिमाद नगरपालिका–३ का वडाध्यक्ष पदम ठकुरीले माछा मार्ने प्रचलनले स्थानीयवासीबीच भाइचाराको विकास भएको बताए ।

विगत वर्षमा स्थानीयवासीले माछा मारेर फुर्लङभरि लैजाने गरे पनि आजभोलि करेन्ट र विषादीको प्रयोगले बुढुवाखोलामा माछा कम पाउन थालेका छन् । शिवालय नजानेहरू शिवरात्रिमा यहाँ माछा मार्न आउने गरेका छन् ।

यसपटकको महाशिवरात्रिमा घिरिङ गाउँपालिका–४ र ५ तथा भिमाद नगरपालिका–३ का स्थानीय माछा मार्न सहभागी भएका जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : २० बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न