कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय « Khabarhub

कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ। बुधबार बसेको बैठकले अर्को ३० दिनका लागि सम्पूर्ण संघीय कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने निर्णय गरेको छ।

ट्रम्पले कर्मचारीलाई कडाइ गर्ने तथा अन्यथा अवकाश दिने नीतिमा अघि बढी सकेका छन्। यसका लागि उनले एजेन्सी मार्फत पत्राचारसमेत गरिसकेका छन्। यो निर्णयले अमेरिकाका सम्पूर्ण कर्मचारी तनावमा छन्। यसको असर के के हुन्छ भन्ने विषयले कर्मचारीमा तनाव बढेको हो।

क्याबिनेट बैठकमा बिलिनियर एलन मस्कको उपस्थिति र उनको बढ्दो भूमिकाका बारे असहमति जनाइएको छ। आलोचना भए पनि राष्ट्रपति ट्रम्प मस्कलाई बढी अधिकार दिने कुरामा अडिग नै रहे।

गृह मन्त्रालयले ट्रम्पले अवैध आप्रवासी फिर्ता गराउन सुरु गरे यता पहिलो महिनामा २० हजार अवैध आप्रवासी गिरफ्तार गरिसकेको जानकारी दिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ४८ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक