युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी « Khabarhub

युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू)बाट आउने सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।

उनले यसको तत्काल घोषणा गर्ने दाबी गरेका छन्। ‘यो २५ प्रतिशत हुनेछ। यसमा कारलगायत अन्य सबै सामान समेटिने छन्,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले २७ राष्ट्रको सो ब्लकले अमेरिकामा निर्माण गरिएका कार तथा अन्य कृषि उत्पादनलाई स्वीकार नगरेको तथा अमेरिकाले ती सबैलाई स्वीकार गरेकोसमेत बताएका छन्।

अहिले युरोपियन मुलुकले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसुल लगाएका छन्। यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रु बाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गरेपछि ईयू र नाटो प्रतिको अभिव्यक्तिमा फरक देखिएको छ।

त्यसपछि ट्रम्पले युद्ध अन्त्यको कुरा गर्दै गर्दा युक्रेन र ईयू कतै ट्रम्प–पुटिनको पक्षमा रहँदै रुसले युद्धको क्रममा कब्जा गरेको भूमि उसैलाई दिने पक्षमा त रहने होइनन् भन्ने त्रास बढेको छ।

जर्मनीमा चान्सलर बन्ने क्रममा रहेका फ्रेडरिक मर्जले अमेरिकाबाट सचेत रहनुपर्ने अभिव्यक्ति दिइसकेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ९ : ५० बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ