युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी « Khabarhub

युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू)बाट आउने सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।

उनले यसको तत्काल घोषणा गर्ने दाबी गरेका छन्। ‘यो २५ प्रतिशत हुनेछ। यसमा कारलगायत अन्य सबै सामान समेटिने छन्,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले २७ राष्ट्रको सो ब्लकले अमेरिकामा निर्माण गरिएका कार तथा अन्य कृषि उत्पादनलाई स्वीकार नगरेको तथा अमेरिकाले ती सबैलाई स्वीकार गरेकोसमेत बताएका छन्।

अहिले युरोपियन मुलुकले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसुल लगाएका छन्। यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रु बाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गरेपछि ईयू र नाटो प्रतिको अभिव्यक्तिमा फरक देखिएको छ।

त्यसपछि ट्रम्पले युद्ध अन्त्यको कुरा गर्दै गर्दा युक्रेन र ईयू कतै ट्रम्प–पुटिनको पक्षमा रहँदै रुसले युद्धको क्रममा कब्जा गरेको भूमि उसैलाई दिने पक्षमा त रहने होइनन् भन्ने त्रास बढेको छ।

जर्मनीमा चान्सलर बन्ने क्रममा रहेका फ्रेडरिक मर्जले अमेरिकाबाट सचेत रहनुपर्ने अभिव्यक्ति दिइसकेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ९ : ५० बजे

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने