स्वरोजगार लघुवित्तले एफपीओ निष्काशन गर्दै  | Khabarhub Khabarhub

स्वरोजगार लघुवित्तले एफपीओ निष्काशन गर्दै 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्नेभएको हो ।

यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १० : ३७ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार