सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना « Khabarhub

सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।

नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्‌घाटन गरे ।

‘हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ’, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने ।

यनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको  छ ।

केन्द्र स्थापना भएसँगै सर्पले डसेमा उपचारका लागि चोहर्वा वा लहान जानुपर्ने बाध्यता अन्त्य हुने गाउँपालिकाका अध्यक्ष यादवले बताए । उनका अनुसार उपचारका लागि आवश्यक पर्ने ‘स्नेक एन्टी भेनम’ तथा अन्य सामग्री व्यवस्थापन गरी केन्द्र सञ्चालनमा आएकाले उपचारमा स्रोत अभाव नहुने बताए ।

केन्द्र सञ्चालनमा आएसँगै नवराजपुर गाउँपालिकाका साथै जिल्लाका भगवानपुर, बरियारपट्टी र औरही गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय रामऔतार यादवले जग्गा दान गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : १४ बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स