प्रचण्डले भने- हामीले गरेका सुधारकार्यको कार्यान्वयन सरकारले रोक्यो « Khabarhub

प्रचण्डले भने- हामीले गरेका सुधारकार्यको कार्यान्वयन सरकारले रोक्यो


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

देबानगन्ज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरूको कार्यान्वयन यो सरकारले रोकिरहेको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउन गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए ।
 
अघिल्लो सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यस पटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए  । 

उनले यी लगायत धेरै सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो सम्भव नभएको बताए । 

तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरूका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौँ जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताए ।

अध्यक्ष प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको बताए । 

देबानगन्ज जनयुद्धको बेलामा निकै योगदान गरेको पालिका भएको उल्लेख गर्दै यहाँका जनताले गरेको ऐतिहासिक योगदानको उच्च मूल्यांकन गरेको बताए । 

मधेसको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै उनले कृषि पेन्सन, कृषि बीमा, ठाउँ ठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए । 

अध्यक्ष प्रचण्डले उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको अवस्था रुपान्तरणका लागि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर अवस्थाको प्रत्यक्ष अवलोकन गर्न नै आफूहरू अभियानमा आएको र यहाँबाट फर्केपछि थप कार्यक्रम तय गर्ने स्पष्ट गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : २३ बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी