शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह « Khabarhub

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । 

बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएका हुन् । 

विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बन्नु सुखद रहेको सिंहको भनाई छ । 

शैक्षिक नीति सुधारमा अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि संघलाई आग्रह गरे । 

‘नयाँ शैक्षिक नीतिहरूको निर्माण,  पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ । पाठ्यक्रम, सिकाई सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।  

 सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रहरूमा अंग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गरे । ललितपुरमा आजबाट शुरु भएको सम्मेलन ३ दिनसम्म चल्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : ३० बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु