जलनमा परेका मेयर भन्छन्- १२ दिनपछि पोखरा फर्कँदै छु « Khabarhub

जलनमा परेका मेयर भन्छन्- १२ दिनपछि पोखरा फर्कँदै छु


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नियमित काममा फर्कने भएका छन् । आज पोखरा गएका उनी छिटै नियमित काममा फर्किने बताएका छन् । 

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । 

यस्तै सरकारका अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । उनी आइतबारबाट नियमित काममा फर्किएका छन् ।

तर आचार्यलाई सुगरको समस्या भएका कारण अस्पतालले ६ दिनपछि ९ गते अस्पतालबाट डिस्चार्ज दिएको थियो । त्यसपछि उनी आराम गरिरहेका थिए । 

‘१२ दिन लामो अस्पताल तथा आइसोलेसन बसाइपछि म पोखरा फर्कँदै छु र नियमित काममा फर्कने तयारी गर्दछु।’ उनले भनेका छन् ‘जलनका कारण हुन सक्ने साइड इफेक्ट तथा आवश्यक स्वास्थ्य सावधानी कडाइका साथ पालना गर्नुपर्ने भएकाले तपाईँहरू सबैको सहयोगको अपेक्षा गर्दछु।’ 

यो पनि पढ्नुहोस् :

मेयर भन्छन्- सुगरले घाउ निको हुन समय लाग्छ रे ! हात र घाँटीको ब्यान्डेज आज निकाल्छु

उनलाई चिकित्सकले निम्न विशेष स्वास्थ्य सावधानीहरू अपनाउन सुझाव दिएको पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 
१.कम्तीमा ६ महिना घाममा प्रत्यक्ष सम्पर्क गर्न नमिल्ने
२.भिडभाडमा सकेसम्म नजाने जानै पर्ने भएमा दूरी कायम राख्ने
३.हात नमिलाउने, किनभने छालाको क्यान्सरको जोखिम हुनसक्ने भएकाले तोकिएको स्वास्थ्य प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्ने
४.नियमित स्वास्थ्य परीक्षण गराउने
५.डाक्टरको सल्लाह नियमित रूपमा लिनु पर्ने ।
 
घाइते भएका मेयर आचार्यको दुवै हातमा पोलेको छ । यस्तै घाटी र अनुहारको भागमा पनि जलेको छ । ६ प्रतिशत  जलन भएकाले उनलाई विशेष सावधानी अपनाउने चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : ४८ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त