मेयर भन्छन्- सुगरले घाउ निको हुन समय लाग्छ रे ! हात र घाँटीको ब्यान्डेज आज निकाल्छु « Khabarhub

मेयर भन्छन्- सुगरले घाउ निको हुन समय लाग्छ रे ! हात र घाँटीको ब्यान्डेज आज निकाल्छु


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नियमित काममा फर्कन अझै केही समय लाग्ने बताएका छन् । 

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । 

यस्तै सरकारका अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । उनी आइतबारबाट नियमित काममा फर्किएका छन् । तर मेयर। आचार्यलाई भने काममा फर्कन अझै केही समय लाग्ने बताइएको छ । 
 
मेयर आचार्यको दुवै हातमा पोलेको छ । यस्तै घाटी र अनुहारको भागमा पनि जलेकाले डाक्टरले केही समय रेस्ट गर्न भनेको आचार्यको भनाइ छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत उनी ६ दिनपछि ९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । तर उनी नियमित फलोअपमा छन् । 

‘नियमित काममा फर्किन सकेको छैन । सुधारोन्मुख छ । आज डेसिङ खोल्ने तयारी छ । सम्भवतः २० गतेसम्ममा काममा फर्कने योजनामा छु । जलनको घाउ पछाडि बढ्ने भएकाले गाह्रो हुने रहेछ । पहिला घाटीमा मात्र थियो तर पछि अनुहारमा पनि देखियो ।’ उनले सोमबार खबरहबलाई भने, ‘देब्रे हात घाटीको ब्यान्डेज  आज निकाल्ने दिन छ । अनुहार खुल्ला नै छाडेको छ । ६ प्रतिशत जलन भएछ । मलाई सुगर भएकाले पनि ब्यालेन्स गर्नुपर्ने रहेछ । घाउ निको हुन समय लाग्छ रे ।’ 

उनले औषधि सेवन गरिरहेकाले दुख्ने पोल्ने कम भएको बताए । उनले बोल्न समस्या नभएको तर डाक्टरले इन्फेक्सन हुने डरले बाहिर निस्कन अनुमति नदिएको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ३२ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका