कुलमानले ऊर्जामन्त्रीलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित) « Khabarhub

कुलमानले ऊर्जामन्त्रीलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन् ।

विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मंगलबार तेस्रो पटक २४ घण्टाभित्र जवाफ माग्दै घिसिङलाई स्पष्टीकरण सोधिएको थियो ।

मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले त्यस पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न भनेका थिए । मन्त्रीको त्यही निर्देशनअनुसार कुलमानले जवाफ पेस गरेका हुन् ।

घिसिङले आफूलाई मन्त्रालयले स्पष्टिकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको भनेर जवाफ दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै उनलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले स्पष्टीकरणको माग नै प्रकयृागत रूपमा त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेको जवाफ दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले उनीसँग विगतमा २ पटक माग गरिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।

त्यही पत्रको जवाफ दिँदै निर्देशक घिसिङले आफू नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ अनुसार नियक्ति भएको भन्दै मन्त्तालयलाई हटाउने अधिकार नभएको बताएका छन् ।

निर्देशक घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ के कारणले चित्तबुझ्दो भएन भन्ने विषयमा कुनै पुष्ट्याइँसमेत नगरिएको र आफूमाथि लगाइएको आरोप मनोगत भएको जवाफ मन्त्रालयलाई दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ४६ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र