इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै « Khabarhub

इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

गाजाक्षेत्र- हमासले चारजना बन्धकको शव फिर्ता गरेपछि इजरायलले प्यालेस्टाइनका ६ सय नागरिकलाई रिहा गरेसँगै उत्सवको माहोल बनेको छ ।

चार बन्धकको शव इजरायल फिर्ता पठाएपछि इजरायलले प्यालेस्टाइनी कैदी छाड्ने क्रममा अघि बढाएको हो ।

वेस्ट बैंकबाट छोडिएका प्यालेस्टाइनी कैदीहरूको तस्बिर सार्वजनिक भएको छ । ती तस्बिरमा इजरालयको जेलबाट निस्किएका आफन्त पर्खिएका हजारौँ प्यालेस्टाइनी उत्सव मनाउँदै गरेको अवस्थामा देखिएका छन्।

ती प्यालेस्टाइनी नागरिकलाई इजरायलले कुन अपराधमा कति वर्षका लागि जेलमा राखेको थियो भन्ने खुल्न सकेको छैन । ६ सय जना रिहा गर्ने भनिए पनि अहिलेसम्म कतिलाई जेलबाट छाडियो भन्ने खुलेको छैन । तर अहिले प्यालेस्टाइनमा उत्सवको अवस्था बनेको छ।

इजरायलले रिहा गरेका कैदीहरूलाई वेस्ट बैंकको रामाल्लाह कल्चरल प्यालेसमा लगिएको छ । जहाँ प्यालेस्टाइनीहरूको ठूलो समूह उनीहरूको प्रतिक्षामा थियो । त्यहाँ उपस्थित अन्यले रिहा गरिएका केही कैदीहरूलाई काँधमा बोकेर घुमाएका थिए ।

समाचार अनुसार बिहीबार रातिसम्म इजरायलको जेलबाट कम्तीमा पनि ६२५ जना कैदी बन्दीलाई रिहा गरिनेछ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जेलबाट रिहा गरिएपछि रेडक्रसकर्मीले चलाएका बसमा हालेर प्यालेस्टाइनको क्षेत्रमा पुर्‍याइएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : २५ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल