नेपालमा थप लगानी गर्न जापानका व्यवसायीलाई अर्थमन्त्रीको आग्रह « Khabarhub

नेपालमा थप लगानी गर्न जापानका व्यवसायीलाई अर्थमन्त्रीको आग्रह


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् । 

नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूसँगको भेटमा उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

पौडेलले विदेशी लगानीकर्ताहरूका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे । 

उनले सरकारले निजी क्षेत्रका सरोकारहरूलाई सम्बोधन गरी विभिन्न कानुनहरू अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए । 

फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री पौडेललाई भेटेका थिए । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ३ : ४६ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन