खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव | Khabarhub Khabarhub

खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरका शाखाहरूलाई नाफामै ल्याएर छोडिने बताएका छन् ।

नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्थानलाई नाफामा ल्याउनका लागि ‘गेम चेन्जर प्लान’ (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री यादवले संस्थानले लाखौँ नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए । 

‘संस्थान कसको कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ,’ मन्त्री यादवले भने, ‘संस्थान रहेमात्र हामी सबैलाई फाइदा हुन्छ । घाटामा गएर नै संस्थान बन्द भयो भने दोष कसलाई दिने ?’ ।

मन्त्री यादवले पाइप लाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा संस्थानको विशेष ध्यानाकर्षण गराए । 

‘उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।’

नाफामा रहेका अन्य शाखाहरुबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाइ थियो । संस्थानमा महाप्रबन्धकको १० महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै मन्त्री यादवले निकै अप्ठेरो परिस्थितिका बाबजुद आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रबन्धक नियुक्त गर्न सफल भएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ४ : २८ बजे

माओवादीलाई फकाउने प्रधानमन्त्री ओलीको ईच्छा, प्रचण्ड टारेको टारेकै !

काठमाडौं– सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग

कृष्ण सिटौला भन्छन्- ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै

एमाले सचिवालय बैठक : पछिल्लो घटनाक्रमबारे छलफल

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको

स्टिल र आल्मुनियमको कर घट्दैन : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने

ऊर्जामन्त्री भन्छन्- हिमताल संरक्षण र मौसम पूर्वानुमान प्रणाली सुदृढ बनाउन सरकार प्रतिबद्ध छ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र