खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव « Khabarhub

खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरका शाखाहरूलाई नाफामै ल्याएर छोडिने बताएका छन् ।

नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्थानलाई नाफामा ल्याउनका लागि ‘गेम चेन्जर प्लान’ (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री यादवले संस्थानले लाखौँ नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए । 

‘संस्थान कसको कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ,’ मन्त्री यादवले भने, ‘संस्थान रहेमात्र हामी सबैलाई फाइदा हुन्छ । घाटामा गएर नै संस्थान बन्द भयो भने दोष कसलाई दिने ?’ ।

मन्त्री यादवले पाइप लाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा संस्थानको विशेष ध्यानाकर्षण गराए । 

‘उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।’

नाफामा रहेका अन्य शाखाहरुबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाइ थियो । संस्थानमा महाप्रबन्धकको १० महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै मन्त्री यादवले निकै अप्ठेरो परिस्थितिका बाबजुद आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रबन्धक नियुक्त गर्न सफल भएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ४ : २८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको