नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता « Khabarhub

नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता

देउवा गुटको आक्रमणमा शेखर गुटका दुईजना घाइते


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका दुई गुटबीच घमासान भएको छ ।

महेन्द्र मोरङ क्याम्सपमा सभापति शेरबहादुर देउवा पक्षीय र नेता डा. शेखर कोइराला पक्षीय दुई गुटबीच झडप हुँदा दुईजना विद्यार्थी नेता घाइते भएका छन् ।

उक्त झडपका क्रममा नेविसंघ मोरङका सभापति सरोज पोखरेल घाइते भएका छन् । बिहीबार पोखरेल र चुले भाइ उपनामका आयुष दाहालसहितका कार्यकर्ता क्याम्पस इकाइ गठन गर्न पुगेका थिए ।

तर, नेविसंघ नेता एवम् क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहितको अर्को समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।

पौडेलले आफूहरूले स्वीकृति नै नदिएको अवस्थामा क्याम्पस इकाइ कमिटी बनाउन आएको भन्दै आफ्ना समर्थकहरूको सहयोगमा घरेलु हतियारहरू बञ्चरो, तरबार र लाठीसहित लिएर जाइ लागेका थिए ।

क्याम्पसमा भएको यो घमासानमा उत्रिएका स्ववियु सभापति पौडेल देउवा गुटका हुन् । उता पोखरेल कोइराला गुकका हुन् ।

दुई पक्षबीच लखेटा लखेटसहित झगडा हुँदा नेविसंघ जिल्ला सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरू दुवैको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेविसंघकै कार्यकर्ताहरू र प्रत्यक्षदर्शीका अनुसार पोखरेल र दाहालमाथि जसवन्त पौडेल, स्ववियु सचिव एलिश ठकुरी, सदस्यहरू प्रशान्त यादवसहित खनिएका थिए ।

यसबारेमा प्रहरीले जानकारी पाएपछि अनुसन्धान थालिएको जनाएको छ । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाले महेन्द्र मोरङमा घटनामा घाइतेहरूबारेमा जानकारी संकलन भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ५८ बजे

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका