नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुँदैन : मन्त्री दाहाल « Khabarhub

नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुँदैन : मन्त्री दाहाल


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुन नसक्ने बताएका छन् ।

सगरमाथा प्रतिष्ठान नेपालको २४ औँ वार्षिक उत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री दाहालले सकारात्मक र समृद्ध समाजको निर्माणका लागि सकारात्मक सन्देश र विचार सम्प्रेषित तथा प्रचार हुनुपर्ने समेत बताए ।

समाजवाद स्थापनाका लागि लोककल्याणकारी राज्य निर्माण हुनु पर्ने भन्दै उनले संविधानले नै व्यवस्था गरेको समाजवादबाट कोही पनि भ्रममा पर्न नहुने धारणा राखे । मन्त्री दाहालले अशिक्षा, गरिबी र अभावले देश पछि परेको भन्दै सबै कुराको अभाव हट्न सके देश समृद्ध हुनसक्ने धारणा राखे । उनले देशमा भएका प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोगबाट देशलाई माथि उठाउन सकिने बताए ।

कार्यक्रममा शिक्षा, संगीत, स्वास्थ्य, दर्शन, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पर्‍याउनेहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ५० बजे

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ