नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुँदैन : मन्त्री दाहाल « Khabarhub

नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुँदैन : मन्त्री दाहाल


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुन नसक्ने बताएका छन् ।

सगरमाथा प्रतिष्ठान नेपालको २४ औँ वार्षिक उत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री दाहालले सकारात्मक र समृद्ध समाजको निर्माणका लागि सकारात्मक सन्देश र विचार सम्प्रेषित तथा प्रचार हुनुपर्ने समेत बताए ।

समाजवाद स्थापनाका लागि लोककल्याणकारी राज्य निर्माण हुनु पर्ने भन्दै उनले संविधानले नै व्यवस्था गरेको समाजवादबाट कोही पनि भ्रममा पर्न नहुने धारणा राखे । मन्त्री दाहालले अशिक्षा, गरिबी र अभावले देश पछि परेको भन्दै सबै कुराको अभाव हट्न सके देश समृद्ध हुनसक्ने धारणा राखे । उनले देशमा भएका प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोगबाट देशलाई माथि उठाउन सकिने बताए ।

कार्यक्रममा शिक्षा, संगीत, स्वास्थ्य, दर्शन, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पर्‍याउनेहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ७ : ५० बजे

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई