विकासको पहिलो खुड्किला शिक्षा : मुख्यमन्त्री लामा « Khabarhub

विकासको पहिलो खुड्किला शिक्षा : मुख्यमन्त्री लामा


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला शिक्षा भएकाले सबै मिलेर शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आज तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले शिक्षाविना विकासको परिकल्पना गर्न नसकिने बताउँदै शिक्षा क्षेत्र बिग्रे सबै क्षेत्रको विकास निरर्थक हुने बताए ।

उनले प्रदेश सरकारले विद्यालय सुधारमा सहयोग गरिरहेको बताउँदै प्रदेश विश्वविद्यालय खोल्न पाउने प्रदेश सरकारको एकल अधिकारको प्रयोग गरिरहेको जानकारी दिए । ‘पढ्दै कमाउँदै’ को अवधारणा अनुरूपको शिक्षामा जोड दिँदै मुख्यमन्त्री लामाले व्यावसायिक शिक्षामा केन्द्रित हुन आग्रह गरे ।

होटल म्यानेजमेन्ट सङ्काय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सवका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनीको मुख्यमन्त्री लामाले अवलोकन गरेका थिए ।

वार्षिक उत्सवको अवसरमामा उत्कृष्ट शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, पत्रकारलाई सम्मान गरिएको थियो । हाल यस विद्यालयमा एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ८ : १३ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता