गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय « Khabarhub

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसम परिवर्तन हुने बेलामा जनस्वास्थ्यमा विभिन्न समस्या देखिने गर्दछन् । विशेष गरेर यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुने चिकित्सकहरू बताउँछन् । 

मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै लामो समयदेखि पानी नपरेकाले अत्यधिक मात्रामा वायु प्रदूषण बढेकोले स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन् ।

यस्तो मौसममा स्वास्थ्यमा देखिएको समस्याकोपहिचान गर्नसमेत समस्या हुने गरेको चिकित्सकको भनाइ छ । त्यसैले विभिन्न संक्रामक रोगहरूबाट बच्न खानपान तथा सरसफाइमा ध्यान चिकित्सकको सुझाव छ । 

जाडो सकिएर गर्मी सुरु हुँदा देखिने स्वास्थ्य समस्या

जाडो घट्दै गएको र बिस्तारै गर्मी बढ्दै गएकाले रुघाखोकी, दम, निमोनियाँ लगायत वायु प्रदूषणका कारणले घाँटी, छातीकै संक्रमणको समस्या लिएर धेरै बिरामीहरू आउने गरेका सिभिल अस्पतालमा कार्यरत फिजिशियन डा. जनेर कुरुङबाङले बताए । 

उनका अनुसार गर्मी बढ्ने क्रम जारी रहेकाले ज्वरो आउने, पिनास हुने, टन्सलाइसिस हुने, जस्ता समस्याहरू देखिहरेका छन् । अब विस्तारै बान्ता हुने, झाडापखाला लाग्ने जस्ता समस्याहरू देखिने गर्दछन् । तत्काल देखिएको कमन समस्या भनेको निमोनियाँ नै रहेको उनको भनाइ छ । 

सिभिल अस्पतालमै अहिले दैनिक आउने बिरामीहरूमा ५० देखि ६० प्रतिशत बिरामी यस्तै समस्या लिएर आउने गरेका डा. कुरुङबाङले बताए । 

अब विस्तारै यी समस्याहरू हट्दै जान्छन् भने झाडा बान्ता, टाइफाइड, स्क्रवटाइफर्स जस्ता रोगहरू सुरु हुने उनको भनाइ छ । उनका अनुसार यसको संकेत सुरु भइसकेको छ । अहिले पनि झाडापखालाका बिरामी पनि फाट्फुट्ट रूपमा आकस्मिक कक्षमा आउने गरेका छन् । 

उमेरका हिसाबले साना बालबालिकादेखि बृद्धबृद्धाहरु सबै उमेर समूहका बिरामीहरू यस्तै समस्या लिएर आउँछन् । गत महिनाको तुलनामा केही कमी आए पनि ६० प्रतिशत बिरामी भाइरल रुघाखोकी ज्वरो दम तथा निमोनियाँकै आउने गरेका र युवा तथा वयस्कहरूमा निमोनिया नै त भइहाल्दैन तर बालबालिका र वृद्धवृद्धाहरू त निमोनियाँ भएरै अस्पताल आउने गरेका छन् उनले भने । 

उपचार 

सामान्य रुघाखोकी हो भने आराम गर्दा केही दिनमा आफै ठिक हुन्छ । तर लामो समयसम्म पनि ठिक भएन भने तत्काल चिकित्सककहाँ जान उनले सुझाव दिएका छन् । उपचारमा जाँदा श्वासप्रश्वास बढेको छ, छाती दुखेको छ, खोकी लागिरहेको छ भने बाफ लगाउनुपर्ने वा एण्टीवाइटिक आवश्यक पर्न सक्ने उनले बताए । 

त्यस्तै चिसो खानेकुरा खाँदा समस्या झन् बढ्ने भएकाले तातो सुपहरू, गेडागुडीको झोल लगायत तागतिलो खानेकुराहरू खाँदा चाँडो निको हुने उनले बताए । 

बच्न के गर्ने ? 

चिसो मौसम सकिएर गर्मी मौसम सुरु हुन थालेकाले खानेकुराहरूमा एकदमै ध्यान दिनुपर्ने उनले बताए । 

बासी सडेगलेको खानेकुराहरू नखाने, पानी उमालेर मात्रै पिउने, स्वच्छतामा ध्यान दिने, वायु प्रदूषण बढ्दो क्रममा रहेकाले बाहिर निस्किँदा मास्क लगाउने, आफूलाई रुघाखोकी लागेको छ भने बालबालिका तथा वृद्धवृद्धाहरूसँग धेरै नजिक नहुने, लगायतका कुराहरूमा ध्यान दिनुपर्ने उनको भनाई छ । 

त्यस्तै डा. कुरुङवाङले भने दीर्घरोगहरु जस्तै दम निमोनियाँको समस्या छ भने इन्फ्लुएञ्जाको खोप पहिले नै लगाउनुपर्छ । यो खोप चिसो मौसम सुरु हुनुभन्दा अगाडी वर्षमा एक पटक लगाउनुपर्छ । यसले जाडो महिनाभरी हुने मौसमी फ्लुबाट हुने समस्याबाट जोगाउँछ । 

सबैले यो खोप अनिवार्य रूपमा लगाउनुपर्छ भन्ने होइन । तर सुगर प्रेसर दम लगायतका दीर्घरोग भएका बिरामीले अनिवार्य लगाउनुपर्छ । त्यस्तै पटक पटक रुघाखोकी लागिरहने, निमोनियाँ भइरहने समस्या भएका व्यक्तिले लगाउँदा जोखिम अलि कम हुन्छ । यदि समस्या देखिहाल्यो भने जतिसक्दो चाँडो उपचार गराइहाल्नुपर्ने उनको सुझाव छ । 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : ३२ बजे

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको