आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी « Khabarhub

आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ। पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक भए।

गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन्। ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए। उनी शतक बनाउन मात्र तीन रनले चुके।

यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ। राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो। सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो। कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए। उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए। यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो।

गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। त्यस्तै यशस्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए।

कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले दुईदुई विकेट लिएका थिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : ५७ बजे

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी